आजदेखि एमाले र माओवादी केन्द्र ब्युँताउने काम थाल्दै आयोग

एटुजेड समाचार

काठमाडौं – निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम सुरु गर्ने भएको छ । हिजो अन्तर्राष्ट्रिय नारी दिवस परेकाले आयोगले आजदेखि आवश्यक काम थाल्न लागेको हो ।

दुई पार्टीबीच एकतापछि मोरङका पूर्वएमालेका कार्यकर्ता सन्ध्या तिवारीको नेतृत्वमा आयोगमा नेकपा एमाले दर्ता छ । त्यस्तै गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र दर्ता भइरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो नाम र चुनाव चिह्न परिवर्तनका लागि पत्राचार गर्ने तयारी भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२०७५ सालको जेठ ३ गते एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो । आफूले पहिले नै दर्ता गरिसकेको नाममा फेरि अर्को पार्टी दर्ता भएको भन्दै ऋषिराज कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा सर्वोच्चले कट्टेलले पक्षमा फैसला गरेपछि नेताहरु एकीकरण अघिकै अवस्थामा फर्किएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू