प्रचण्डजी र हाम्रो पार्टी अलग भए पनि मन विशाल छ : माधव नेपाल

एटुजेड समाचार

काठमाडौं – नेकपाका नेता माधव नेपालले पार्टी अलग भएपनि मन विशाल भएको बताएका छन् । प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठक सकिएलगत्तै सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डजीको र हाम्रो आजबाट पार्टी अलग भए पनि हाम्रो मन विशाल छ । अनौपचारिक छलफल भइराख्छ ।’

उनले सर्वोच्चको निर्णय कार्यान्वयन गरेर जाने र पार्टी एकताको प्रयास पनि जारी राख्ने उनले बताए । आयोगमा अलग अलग रुपमा दर्ता भएका एमाले र माओवादी पार्टी के हुने हो भन्ने पनि टुंगो नभएकाले आयोगसँग गम्भीर रुपमा छलफल गरेर अघि बढ्ने उनको भनाइ थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु