चितवन । अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा विश्कर्मा सुनचांँदी बचत तथा ऋण सहकारी संस्था, नारायणगढले महिलाको हक अधिकार र अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । महिलाहरुलाई आफ्नो हक अधिकार र विद्यमान कानुनको बारे अवगत गराउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता फूलमाया रानाभाट संस्थाका सदस्य महिलाहरुलाई महिलाका अधिकार तथा कानुनको बारे प्रशिक्षण दिएकी थिईन । सो क्रममा बोल्दै अधिवक्ता रानाभाटले नारी पुरुष बराबर रहेकोले महिलाले आफूमाथि हुने हिंसाबाट सचेत हुनुपर्ने बताईन । विद्यमान कानुनले महिलाको लागि समान सम्पत्ति र अधिकारको प्रत्याभूति गर्दै आफ्नो हक र अधिकारबाट वञ्चित नहुन आग्रह गरिन । कार्यक्रममा विशिष्ट अतिथि मानवअधिकारकर्मी कल्पना उप्रेती, महिलाअधिकारकर्मी मञ्जु खांँड लगायतले महिला अधिकारको बिषयमा प्रकाश पारेका थिए ।
कार्यक्रममा अतिथि रुपा वराली, यशोधा सेञ्चुरी, देउरुपा खातीले मन्तव्य राखेका थिए । सो अवसरमा सहभागी अन्य महिलाहरुले अधिकारकर्मी समक्ष आफ्नो जिज्ञासा राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष विपिन रामुदामु पूर्व अध्यक्ष यम बहादुर विश्वकर्मा , वरिष्ठ उपाध्यक्ष रामबहादुर पोख्रेल , सचिव रवीन्द्र पन्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ६० जना महिलालले महिला हक अधिकार र शशक्तिकरण बारे प्रशिक्षण लिएको संस्थाका अध्यक्ष विपिन रामुदामुले जानकारी दिए । संस्थाको महिला शशक्तिकरण उपसमितिका संयोजक तारा रसाइलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा धन्यवाद ज्ञापन सचिना बरालीले गरेकी थिइन भने कार्यक्रम सञ्चालन निरु कार्कीले गरेकी थिइन ।