चितवनमा सवारी चालकसँग पैसा लिएर प्रहरीलाई दुर्व्यवहार गर्ने बिचौलिया पक्राउ

एटुजेड समाचार

चितवन – चितवनमा प्रहरीलाई दुर्व्यवहार गर्ने बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपुरको गैंडाकोट नगरपालिका २ का ३२ वर्षीय सुजन शाही र सोही जिल्लाको कावासोती नगरपालिका १४ का २८ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् ।

उनिहरुलाई आज (सोमबार) बिहान ८:३० बजे नारायणगढ बजारको पुल्चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुले ड्युटीमा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको प्रहरी कार्यालयले जनाएको छ ।

उनिहरुले आज बिहान नारायणगढबाट काठमाडौं जान लागेको बा १३ च ५७९७ न.को कारलाई रिकेर काठमाडौं जाने यात्री गाडीमा राखिदिने भन्दै पैसा लिएका थिए । उनिहरुले ट्राफिक प्रहरीलाई समेत घुस दिनुपर्छ भन्दै पैसा लिएको प्रहरीले बताएको छ । पैसा लिएको बिषयमा ड्युटीमा खटिएको प्रहरीले सोधपुछ गर्दा उनिहरुले प्रहरीलाई नै अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको प्रहरीको जनाएको ।

प्रहरीलाई दुर्व्यवहार तथा कामकाजमा अबरोध सिर्जना गरेकोले उनिहरुलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू