काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । सर्वोच्चले नेकपा नामको दल ऋषि कट्टेल नेतृत्वको दललाई दिएसँगै तत्कालिन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको हो ।
दुई दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो।
दुई दल ब्युँतिएसँगै हालको सत्तारुढ दल नेकपाको अस्तित्व नै सकिएको छ। तर, नेकपा पनि अहिले व्यवहारिक रुपमा विभाजित भएकाले अब माधवकुमार नेपाल, झलनाथ खनालहरुको अवस्था के हुन्छ भन्ने विषय जटिल बनेको छ। केपी शर्मा ओलीको नेतृत्वमा एमाले थियो भने माओवादीको नेतृत्व प्रचण्डले गरेका थिए।
तर, अहिले पनि निर्वाचन आयोगमा गोपाल किराँतीको नाममा माओवादी र सन्ध्या तिवारीको नाममा एमाले दर्ता छ। त्यसैले यो विषय कसरी बढ्छ भन्ने अन्यौल बढेको छ।
सर्वोच्चको फैसलाको पूर्णपाठ :