मानव सेवामा स्माइल नेपालको तेस्रो वार्षिकोत्सव

एटुजेड समाचार

चितवन – ‘समाज परिवर्तनका लागि युवा अभियान’ स्माइल नेपालले तेस्रो वार्षिकोत्सव मनाएको छ । भरतपुर महानगरपालिका ९ स्थित चितवन मानव सेवा आश्रममा स्माइल नेपालले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा स्माइल नेपालले आश्रममा आश्रित बेसाहारा, अनाथ तथा अशक्त व्यक्तिहरुलाई खाना खुवाएको हो । उनिहरुलाई खाना खुवाउनुका साथै खाद्यान्न पनि सहयोग गरिएको संस्थाका उपाध्यक्ष अमृत काफ्लेले जानकारी दिए ।

आश्रममा आश्रित असाहय वृद्धवृद्धालाई भोजन गराई वार्षिकोत्सव मनाउन पाउदा खुशी लागेको काफ्ले बताए । आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेले मानव सेवाका लागि गरेको सहयोगप्रती धन्यवाद व्यक्त गरिन् ।

संस्थाले हरेक वर्ष यसरी नै सामाजिक कार्य गर्दै वार्षिकोत्सव मनाउदै आइरहेको छ । चितवनका युवाहरुको समूहले २०७४ सालमा स्थापना गरेको उक्त संस्थाले बिभिन्न सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू