काठमाडौं – नेपाल काँग्रेसले सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा संसदको रोस्टम घेराउ गरेको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संवैधानिक परिषदको मान्यताको प्रतिकुल रहेको भन्दै त्यसलाई फिर्ता लिन माग गरेका छन् ।
तर सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि काँग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो ।