हामीले अपेक्षा गरेभन्दा फरक फैसला आयो : प्रचण्ड

एटुजेड समाचार

काठमाडौं – नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चबाट आएको अपेक्षा गरेभन्दा फरक फैसला आएको टिप्पणी गरेका छन्। संघीय संसद सचिवालय अगाडि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।

सर्वोच्चले आइतबार फैसला गर्दै नेकपा पार्टी ऋषि कट्टेलको नाममा दिएको थियो। प्रचण्डले सर्वोच्चले नेकपा बारे गरेको फैसलाको राम्रोसँग अध्ययन गर्न बाँकी नै रहेको बताए। ‘फैसला राम्रोसँग अध्ययन नगरी अहिले टिप्पणी गर्नेबेला भएको छैन,’ उनले भने, ‘यो हामीले अपेक्षा गरेभन्दा फरक आएको लागेको छ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू