‘नेकपा’ नामको विवादमा फैसला आज हुदै

एटुजेड समाचार

काठमाण्डौ – सर्वोच्च अदालतले आज नेपाल कम्युनिस्ट पार्टी नामको दल कसको भन्ने विवादको फैसला गर्दै छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले नेपाल कम्युनिस्ट पार्टी नामको विवादबारेको फैसला आज गर्न लागेको हो ।

यसअघि गएको २० गते बिहीवार निर्णय सुनाउने मिति तोकिएको भए पनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा भएकाले स्थगित भएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै २०७५ सालको मंसिर ५ गते ऋषि कट्टेलले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । मुद्दामा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई आयोगले आधिकारिकता दिएपछि ऋषि कट्टेल सर्वोच्च पुग्नुभएको हो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू