चितवन – अहिलेकी चर्चित अभिनेत्री मालिका महत र अभिनेता सोनाल तामाङ अभिनित नयाँ गीत सार्वजनिक भएको छ । मालिका र सोनाल अभिनित ‘वर आउन माया’ बोलको गीत शनिबार युट्युबमा सार्वजनिक भएको हो ।
सार्वजनिक गीतको भिडियोमा सोनालले रिसाएकी मालिकालाई फकाउने प्रयास गरेको देखाइएको छ । गीतमा निशान भट्टराई र एलिना चौहानको आवाज रहेको छ । सुदीप अत्रेया र किरण माइकल घिमिरेको शब्द रहेको गीतमा किरणकै संगित छ । गीतमा संगित संयोजन शैलेन्द्रमान प्रधानको छ ।
रिता लामा निर्मित तथा लक्ष्मण सुनार निर्देशित भिडियोमा बालकलाकार सौगात अधिकारी पनि फिचर्ड छन् । गीतको भिडियोमा तुलसा पहाडीको कोरियोग्राफी रहेको छ ।
https://www.youtube.com/watch?v=xJKsjklI7mM