नेविसंघ चितवनले भन्यो: अनेरास्ववियूमा प्रवेश गरेका व्यक्ति हाम्रो सदस्य होइनन्

एटुजेड समाचार

चितवन – नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनले शनिबार प्रचण्ड-नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूमा प्र्वेश गरेका कोहि पनि आफ्नो सदस्य तथा कुनै पनि जिम्मेवारीमा नरहेको स्पष्ट पारेको छ । जिल्ला अध्यक्ष सुर्य ढकालले आज (आइतबार) बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।

शनिबार नेविसंघका जिल्ला सदस्य तथा सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरको उपसभापति रोनित श्रेष्ठको सहित ५१ जना जना अनेरास्ववियूमा प्रवेश गरेको भनि समाचार आएको थियो । तर नेविसंघ चितवनले भने श्रेष्ठ आफुहरुको जिल्ला सदस्य नभएको बताएको छ । “नेविसंघ जिल्ला सदस्य भनिएको व्यक्ति जिल्ला कार्यसमितिको सदस्य नभएको र अन्य कोहि पनि कुनै पनि जिम्मेवारीमा नरहेको प्रष्ट पार्न चाहन्छु”, ढकालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

श्रेष्ठलगायतका अन्य ५१ जना नै नेविसंघ चितवनको कुनै पनि जिम्मेवारीमा नरहेको समेत उसले स्पष्ट पारेको छ । यस्तै नेविसंघ चितवनले उक्त समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू