काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबले नेपालगन्जमा जारी प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताअन्तर्गत शनिबार लुम्बिनी युनाइटेड क्लबलाई हराएको छ ।
दिनको दोस्रो खेलमा पुलिसले लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिस २५–८, २५–१२ र २५–१४ ले विजयी भयो ।
शनिबारै भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्यो । सशस्त्रले आर्मीलाई २६–२४, २५–२३, २५–१६ र २५–२३ को सेटमा निराश बनाएको हो ।
प्रतियोगितामा पुलिस, लुम्बिनी, सशस्त्र, आर्मी र न्यु डायमन्ड एकेडेमी गरी कुल पाँच टोलीको सहभागिता छ । राउन्ड रोबिनका आधारमा जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुनेले नगद ५० हजार रुपैयाँ पुरस्कार जित्नेछन् ।