चितवन – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनका ५१ जना नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियू चितवनमा प्रवेश गरेका छन।
नेविसंघका जिल्ला सदस्य तथा सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरको उपसभापति रोनित श्रेष्ठको सहित ५१ जना जना आज (शनिबार) अनेरास्ववियूमा प्रवेश गरेका हुन् । उनिहरुलाई प्रचण्ड-माधव समूहका जिल्ला अध्यक्ष यामबहादुर परियारले अनेरास्ववियू चितवनद्धारा आयोजित एक कार्यक्रमकाबीच टिका लगाएर स्वागत गरेका थिए ।
अनेरास्ववियू जिल्ला कार्यालय सदस्य अविनास रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला कार्यालय सदस्य तेजेन्द्र खड्का कृष्णराज न्यौपाने, रामचन्द्र अधिकारी, पार्टी सचिवालय सदस्य च्रक रुचाल, अनेरास्ववीयुका केन्द्रिय सदस्य सरोजध्वज भण्डारी, अशोक देवकोटा लगायतको उपस्थिति रहेका थिए ।