नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न सवैलाई आह्वान गरेका छन् ।त्यसका लागि दुई ओटा उपाय भएको उनको भनाई छ ।
प्रधानमन्त्री मोदीले जलवायु परिवर्तनका विरुद्धमा लड्न नीतिगत व्यवस्था गरेर र मानवीय व्यवहार परिवर्तन गरेर लड्न सकिने बताए । ‘सेरा सप्ताह २०२१’ लाई प्रमुख वक्ताको रुपमा भिडियोमार्फत् सम्वोधन गर्दै उहाँले जलवायु परिवर्तनका विरुद्धमा लड्नु सवैको साझा दायित्व भएकोमा पनि जोड दिए ।
“भारतले प्रकृतिक वायुको उत्पादन बढाउने र हानिकारक वायुको मात्रा घटाउने कार्य गरिरहेको छ,” प्रधानमन्त्री मोदीले भने। अहिले ६ प्रतिशत रहेकोमा आगामी सन् २०३० सम्ममा १५ प्रतिशत पु¥याउने लक्ष्य लिइएको पनि उनले जानकारी दिए ।
उनले जलवायु परिवर्तनका विरुद्धमा लड्ने सवैभन्दा बलियो उपाय भनेकै व्यवहार परिवर्तन भएको बताए । “कतिपय त्यस्ता व्यवहारले जलवायु परिवर्तनलाई सहयोग गरेका छन्, हाम्रा कतिपय त्यस्ता परम्परागत वा अहिले गरिरहेका व्यवहारमा परिवर्तन आवश्यक छ,” उनले भने ।