विप्लवलाई आफ्नो पार्टीमा आउन प्रचण्डको अफर

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा महासचिब नेत्रविक्रम चन्द विप्लवलाई आफ्नो पार्टीमा आउन अफर गरेका छन्।

आज (शनिबार) पार्टी कार्यालय पेरिस डाँडामा पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विप्लव आफूले कोरोको गोरेटोमा आएको टिप्पणीसमेत गरे। उनले विप्लव आफूले कोरोको गोरेटोमा आएको भन्दै धन्यवादसमेत दिए। उनले विप्लवलाई आफूले जति कसैले नबुझेको दावी गर्दै छिटै स्वागत गर्न आतुर रहेको बताए।

विप्लव कुनै बेला प्रचण्ड नेतृत्वको माओवादीमा थिए। मोहन वैद्य किरणले प्रचण्डसँग छुट्टिएर अलग्गै पार्टी बनाएपछि विप्लव वैद्यसँगै गएका थिए। पछि वैद्यसँग पनि छुट्टिएर विप्लवले जनवादी क्रान्ति गर्ने भन्दै सशस्त्र विद्रोहको शुरुआत गरेका थिए। त्यसपछि सरकारले विप्लव समूहमाथि प्रतिबन्धसमेत लगाएको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू