नख्खु कारागारमा सुदर्शनसहितका कैदीबन्दीसँग विप्लवको भेट

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगार पुगेर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् ।

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

ओली संगठित अपराध, बम विस्फोट, राज्यविरूद्धको अपराध मुद्दामा कारागार चलान भएका थिए। सहायक जेलर नरेन्द्र परियारका अनुसार विप्लवलगायतको समूह बिहान ११ बजे पुगेको थियो। उनीहरूले करिब आधा घन्टा बन्दीहरूलाई भेटेका थिए। उनीहरुले कारागारमा रहेका समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू