भोलि कोरोनाविरुद्धको थप २ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने

एटुजेड समाचार

काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप २ लाख ४८ हजार डोज आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौं आइपुग्ने जानकारी दिए ।

युनिसेफ फर एभ्री चाइल्ड र विश्व स्वास्थ्य संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए । चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू