म अहिले प्रधानमन्त्रीको दौडमा छैन : सभापति देउवा

एटुजेड समाचार

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमाा नरहेको बताएका छन् । आज (शनिवार) बुढानीलकण्ठस्थित आफ्नै निवासमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै उनले प्रधानमन्त्रीको दौडमा आफू नरहेको स्पष्ट पारेका हुन् ।

कार्यक्रममा उनले भने, ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर हो, तर म अहिले यो दौडमा छैन ।’ उनले नेकपाभित्रको आन्तरिक विवादमा पक्ष विपक्षमा नउभिने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू