मैत्रीपुर्ण फुटसलमा खेलकुद पत्रकारविरुद्ध चिकित्सक बिजयी

एटुजेड समाचार

चितवन – भरतपुरमा आज (शनिबार) देखि प्रथम निप्पोन ओपन फुटसल प्रतियोगिता सुरु भएको छ । चितवन स्पोर्ट्स एण्ड फुटसल जोनको आयोजना उक्त प्रतियोगिता सुरु भएको हो ।

चितवन स्पोर्ट्स एण्ड फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल चिकित्सक संघ चितवन बिजयी भएको छ । चिकित्सकको टिमले खेलकुद पत्रकार मन्च चितवनलाई ५-३ गोल अन्तरले पराजित गरेको हो । चिकित्सकको तर्फबाट सुनिल मिनाकमी एक्लैले ५ गोल गरे । खेलकुद पत्रकारका तर्फबाट राजन दिल गुरुङले २ तथा कप्तान कृष्ण कार्कीले १ गोल गरे । पत्रकार र चिकित्सकबीच मैत्रीपुर्ण खेल भएको हो।

त्यसअघि प्रतियोगिताको जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष प्रल्हाद प्रधानले उद्घाटन गरेका थिए ।  उद्घाटन कार्यक्रममा खेलकुद बिकास समितिका अध्यक्ष प्रधानसहित, चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्की, खेलकुद पत्रकार मन्च चितवनका अध्यक्ष बिनोदबाबु रिजाल, युवा परिषद चितवनका अध्यक्ष अस्मिन घिमिरे लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम चितवन स्पोर्ट्स एण्ड फुटसलका अध्यक्ष दीपकचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ टिम सहभागी छन् । प्रतियोगिताको बिजेताले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपबिजेताले १५ हजार ५५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले नगद एक-एक हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । निप्पोन एजुकेसनल सेन्टर प्रतियोगिताको मुख्य प्रायोजक हो । भिटो एजुकेसन कन्सल्टेन्सी प्रतियोगिताको सह प्रायोजक रहने प्रतियोगितामा राइट एण्ड एसोसिएट, अल्माइटी इन्टरनेशन र प्रोफेसन एजुकेसन प्रायोजक संस्थाका रुपमा रहेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू