खाली पेट दुध पिउनु स्वास्थ्यको लागि निकै हानिकारक ।

एटुजेड समाचार

दूध भन्ने बित्तिकै हामी सबैलाई धेरै मन पर्छ। दूध प्राय धेरै घरहरूमा पनि पाइन्छ, तर आज भोलि भने धेरैले गाई,भैंसी पालन गर्न छाडेका छन्। तर अहिले गाई भैसीको फारम खोलेर दूध उत्पादन धेरै हुने गरेको छ। आज हामी कुरा गर्दैछौ खाली पेटमा दुध पिउँदा राम्रो की नराम्रो भन्ने बारे अर्थात् खाली पेटमा दुध पिउँदा के समस्या आउँछ भन्ने बारे।

एक आयुर्वेदका अनुसार यदि तपाइँहरु खाली पेटमा दूध पिउने गर्नुहुन्छ भने तपाईंलाई खोकी र चिसो लाग्न सक्छ । साथै, फ्लुको समस्या पनि हुनसक्छ।  त्यस्तै खाली पेटमा दुध पिउँदा दिनभर थकान महसुस हुने, आलस्य हुने गर्दछ।

विज्ञानका अनुसार यदि तपाईं खाली पेटमा भारी आहारको सेवन गर्नुहुन्छ भने पचाउन समस्या हुन्छ । यदि तपाईंले बिहान दूध पिउँदा दिनभर शक्ति प्राप्त हुन्छ भन्ने सोच्नुहुन्छ भने त्यो गलत हो । बिहानै दूध पिउँदा दिनभरी निन्द्रा लाग्ने र आलस्य हुने समस्या पैदा हुन्छ ।
यस्तै तपाईं बिहान हरेक दिन दूध पिउने गर्नुहुन्छ भने तपाईंको पेट दिनभरि भरिएको जस्तो महसुस हुन्छ । कहिले काँही खाली पेटमा दूध पिउँदा पेटमा गडबढी समेत पैदा गर्छ । पाचन तन्तुले दूध पचाउन नसक्दा पेटमा खराबी पैदा हुन्छ । त्यसैले राति सुत्नुभन्दा अगाडि दूध पिउने गर्नुपर्छ ।

बिहान खाली पेटमा दुध पिउँदा पेटमा एसिड पैदा हुन्छ। यसले धेरै समस्या उत्पन्न गराउन सक्छ। ग्यास्टिक हुने, खाना अपच हुने गर्छ। त्यसैले बिहानको खाली पेटमा दुध पिउनु उपयुक्त हुँदैन। तर दुध राती खाना खाएर सुत्ने बेलामा पिउँदा धेरै राम्रो हुनेगर्दछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू