चितवन – चितवनमा गाँजासहित ३ जना पक्राउ परेका छन् । भरतपुर ११ जखेडीमाई मन्दिरस्थित प्रहरी विट गणेशस्थानबाट खटिएको टोलीले ४ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भरतपुर २ बेलटाँडीका २९ वर्षीय श्यामथापा क्षेत्री, सोहि स्थानका ३२ वर्षीय टेकेन्द्र राजवंशी र ईच्छाकामना गाउँपालिका ७ का ३२ वर्षीय भिमराज गुरुङ रहेका छन् । हिजो (बिहीबार) साँझ ६ बजे सिमलढापबाट भोजाडतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३-००१ प १९२ नम्बरको मोटरसाइकल र ना ५४ प ३६०८ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी उनिहरुमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।