हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू गोठालो भएको बताएका छन् । आज (शुक्रबार) हेटौंडामा भएको नेपाल राष्ट्रिय व्यावसायिक बाख्रापालक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले
गोठालोका कारण नै मुलुकमा समृद्धि आउने भन्दै आफूले पनि मुख्यमन्त्री भएदेखि गोठालोकै रुपमा काम गरेको बताए । आफूले बच्चैदेखि गाउँघरमा गोठालोको काम गरेको र अहिले बागमती प्रदेशको मुख्यमन्त्री भएपछि गोठालो कै रुपमा प्रदेशको समृद्धिका लागि काम गरिरहेकोे दावी गरे ।
प्रदेश सरकारले वास्तविक किसानसम्म सरकारको अनुदान पु¥याउन पुरानो अनुदान प्रकृयालाई रोक लगाई उत्पादनका आधारमा अनुदान दिने प्रकृया सुरु गरेको उनले बताए ।