चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) नवलपुरबाट काठमाडौं प्रस्थान गरेका छन् । देवचुलीमा सहिद परिवारलाई भेटेर उनी काठमाडौं प्रस्थान गरेका हुन् ।
सरकारसँगको ३ बुँदे सहमतिको विस्तृत विवरण घोषणा कार्यक्रममा सहभागी हुन गाडीबाट काठमाडौं गएका हुन् । आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र चन्दले सहमतिपत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नेछन् ।