अमेरिकाको प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत हुँदै मुस्कान

एटुजेड समाचार

काठमाडौं – एसिड आक्रमणमा परेकी मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कारबाट पुरस्कृत हुने भएकी छिन् । अमेरिकाले तेजाब हमला अन्त्यतर्फ लक्षित कार्यका लागि अमेरिकाले खातुनलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

एक किशोरको प्रेम–प्रस्ताव अस्वीकार गरेको भन्दै १५ वर्षको उमेरमा उनलाई तेजाब प्रहार गरेका थिए । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् । उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो

ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू