काठमाडौं – सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) काठमाडौंमा सार्वजनिक हुँदै छन् ।
राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुन लागेका हुन् । सभागृहमा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । सोही समारोहमा प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षरसमेत हुने छ।
सरकार र विप्लव समूहबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको उल्लेख छ । सो सहमतिलाई बिहीबारै बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरिसकेको छ । प्रेस नोटमा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले प्रतिबन्ध हटाउने, बन्दीलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने उल्लेख भए पनि विप्लव समूहसँग भएका हतियारको व्यवस्थापनको विषय उल्लेख छैन ।