चितवन – सरकारले नेत्र बिक्रम चन्द (विप्लव) समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । प्रतिबन्ध फुकुवाको निर्णय भएसँगै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेको छ ।
गृहको सर्कुलरपछि जिल्ला प्रहरी कार्यालय चितवनले विप्लवका दाइ चन्द्रबहादुर चन्द वीरजंगलाई रिहा गर्ने प्रक्रिया अघि बढाउने भएको छ । त्यसका लागि नवलपरासीबाट मुद्दाको विवरण मगाइएको चितवनका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
वीरजंगलाई उपचारका लागि मात्र चितवन राखिएको उनले बताए । उनको मुद्दा भने नवलपरासीमा रहेको एसपी अधिकारीले जानकारी दिए । वीरजंग चितवन कारागारमा छन् । प्रहरीलाई हातपात गरेको आरोपमा उनी पक्राउ परेका थिए ।