काँग्रेस र जसपासँग सहमतिका लागि हामी बाधक बन्दैनौं : माधव नेपाल

एटुजेड समाचार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।

आज (बिहीबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले राजनीतिक समस्या समाधान गर्न आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने बताए ।

प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको भन्दै उनले भने, ‘कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं । हामी सबै विकल्पमा खुला छौं ।’ पार्टीहरु मिल्नुको विकल्प नभएको भन्दै उनले सहमति गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू