चितवन – सामाजिक सन्जाल म्यासेन्जरमा विद्यार्थीलाई आपत्तीजनक म्यासेज गर्ने चितवनका एक शिक्षक पक्राउ परेका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका १० स्थित क्रिस्टल कलेजका शिक्षक हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही कलेजमा कक्षा १२ मा अध्ययनरत एक छात्रालाई न्यौपानेले आपत्तिजनक म्यासेज पठाएका थिए । ति छात्राको उजुरीपछि शिक्षकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।
पक्राउ परेका शिक्षक साार्वजनिक हित तथा नैतिक कसुर अन्तर्गत कारबाही अघि बढाइने इप्रका टाँडीका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । यस्तै कलेज प्रशासनले ति शिक्षकलाई कलेजबाट निष्कासन समेत गरेको छ । शिक्षकले नै विद्यार्थीमाथि हिंसा गरेको विषय सार्वजनिक भएपछि विद्यार्थीहरुले कलेजमा तोडफोड समेत गरेका छन्।