अस्मिता पराजुली,
चितवन – राष्ट्रिय प्रजातान्त्र पार्टीका वरिष्ठ नेता विक्रम पाण्डेले बहुमतको सरकार विदेशीको ईशारामा चलेको आरोप लगाएका छन् । आज (बिहीबार) चितवनमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सरकारको नेतृत्व गरेको दल विदेशी दलालकै आडमा चल्दा देश ध्वस्त भएको आरोप लगाए ।
“उचालेको कुकुरले मिर्घ मार्दैन भने जस्तो विदेशीले उचालेर बनेको सरकारले ५ बर्ष पनि देश चलाउन सक्दैन, पाण्डेले भने, जनतालाई बन्धक बनाएर पद लागि विदेशीले उचालेर बनेका सरकारले देशको रक्षा गर्न सक्दैन् भन्ने प्रमाणित भएको छ ।” उनले विदेशी दलालको चलखेल बढेको भन्दै त्यस्ता दलाललाई परास्त गर्नु पर्ने समय आएको बताए ।
“अहिलेको झगडा जनता र युवा, राष्ट्रका लागि होइन, मात्रै पद र प्रतिष्ठाका लागि भएको छ“, उनले भने “भाषण सुनाउन जनता किनेर लैजाने, अनि कस्को जनता धेरै भन्दै दुख दिने काम भैरहेको छ ।” उनले संसद पुर्नस्थापना भएको भोलिपल्टै भरतपुरमा भएको आमसभालाई सम्बोधन नगरी जनतालाई सडकमै राखेर प्रचण्ड–माधव काठ्माण्डौ गएको जनताले नभुलेको बताए । यस्तै उनले राप्रपालाई जनताले सरकारको नेतृत्व दिए सार्ककै बिकसित र विश्वकै सबै भन्दा बढी युवाहररुलाई रोजगारी दिने देश बनाउने दाबी गरे ।
यसैविच विभिन्न पार्टी परित्याग गरि ५ सय ९८ जना राप्रपा प्रवेश गरेका छन् । नवं प्रवेशिलाई, पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको प्रमुख आतिथ्यतामा बागमति प्रदेश सांसद रिना गुरुङ्ग, राप्रपा प्रदेश सदस्य ज्ञानु जङ्ग लामा, जिल्ला अध्यक्ष रुद्र ढकालको अध्यक्षतामा अविर र दोसल्ला लगाई स्वागत गरिएको थियो । दीपक गुरुङ्गको सक्रियतामा यूवाहरु राप्रपा पार्टी प्रवेश गरेका हुन् ।