चितवन – नेपाली कांँग्रेसका नेता डाक्टर प्रकाशशरण महतले कांँग्रेसको नेतृत्वमा बाहेक कांँग्रेस सरकारमा नजाने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै महतले कांँग्रेसको नेतृत्वको बाटो बाहेक अरु बाटोमा नलाग्ने भन्दै कांँग्रेसको स्पष्ट दृष्टिकोण रहेको बताए ।
‘मान्छेले आ – आफ्नो इच्छा अनुसार कांँग्रेस चल्दियोस भनेर त कांँग्रेस चल्दैननि ।’ कांँग्रेसको स्पष्ट दृष्टिकोण छ । अहिलेपनि पनि कम्युनिष्ट एउटै छ । उ एउटै संसदीय दल छ ।’ उनले भने ।’फागुन २३ गते बैठक बसेपछि कांँग्रेसको आवश्यक परे कांँग्रेसको नेतृत्वमा सरकार जाने उनको भनाई थियो । ‘कांँग्रेसको नेतृत्वमा सरकार जान आवश्यक देख्यो भने कांँग्रेसले सोच्न सक्छ ,कांँग्रेस उपस्थिति विना सरकार बन्न सकेन भने ।’ उनले भने ।
विप्लव समुह सँग सरकारको सहमति हुन सकारात्मक भएको बताए । आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै महतले हत्या हिसा त्यागेर मुलधारमा आउनु स्वागतयोग्य भएको बताएका हुन ।
‘मुलधारमा आउने, शान्तिमा आउने त ठिकै हो । केही कुराहर गर्वमा छन् थाहा छैन । हामीलाइै विस्तारै जान्दै जाउंँला नि ।‘ हतियार छोडेर शान्तिमा आउनु शान्तिपूर्ण बाटोमा राम्रो कुरा भएको उनको भनाई थियो ।