आज १ हजारले घट्यो सुनको मूल्य

एटुजेड समाचार

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार ५०० रूपैयाँले बढेर ८७ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज १००० रूपैयाँले घटेर ८६ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन मंगलबार तोलामा ८७ हजार ५० मा कारोबार भएकोमा आज ८६ हजार ५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी पनि आज तोलामा ३० रूपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू