चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा न्ेपाली कांँग्रेस ओलीसंँग मिलेर सरकारमा जान नसक्ने बताएका छन । आज भरतपुरमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले सहयोग गर्नु काँग्रेसको नैतिकता बाहिरको कुरा रहेको बताएका हुन । उनले प्रचण्ड माधव समुह सँग मिल्न सकिने संकत गर्दै भने, ‘यस्तो बेलामा केपी ओलीलाई सर्पोट गर्नु कांँग्रेसको नैतिकताले दिदैन । प्रचण्ड र माधबको बिषयमा पोजिटिभली हुन सकिन्छ । यसमा पोजिटिभ्ली छलफल हुन्छ ।’ उनले भने ।
प्रचण्डले यसअघि धोका दिएको जिज्ञासाको जवाफ दिदै उनले राजनीतिमा कसले कतिखेर धोका दिने भन्ने बिषय नौलो नभएको आशय व्यक्त गरे । ‘राजीनिती त्यसरी चल्दैन ।कसले राजनीतिमा कसले कसलाई धोका दियो । कतिखेर धोका दिन्छ भन्दा पनि कम्युनिष्ट विचारनै मिल्दैन । उनीहरुको अलग्गै दर्शन छ । चाहे केपी ओली चाहे प्रचण्ड , चाहे झलनाथ ।’ यतिबेलाके दोषी र अभियुक्त केपी ओली भएका कारण ओली बाहेकका पार्टीसंगका मिलेर अहिलेको देशको संकट टार्नुपर्ने उनको भनाई थियो । ‘अहिलेको आवश्यकता केहो त्यही अनुसार अघि बढ्नुपर्दछ ।’ उनले भने ,केपी ओली बाहिरका दलसंँग मिलेर अहिलेको संकट टार्नुपर्छ ।’
देश यथास्थितिमा नरहने भन्दै उनले आन्तरिक रुपमा पार्टीभित्र सरकारमा जाने नजाने बिषयमा छलफल भईरहेको बताए । ‘केन्द्रीयसमितिको वैठक बोलाएर छलफल गर्नुपर्छ । नेपालको भद्रगोल राजनीतिबाट बचाउनु पर्छ ।देश विघटनबाट बचेको छ । अब बिक्रृतिबाट बचाउनुपर्छ । कांँग्रेसको भूमिका जिम्मेवार भूमिकामा रहनुपर्छ ।’ । संकटबाट पार लगाउने जिम्मा कांँग्रेसको रहेको भन्दै यस्तो बेला कांँग्रेसको महत्व झनै बढ्ने पौडेलले बताए ।
प्रचण्ड नेपाल समुहसंँग मिलेर जांँदा कम्फर्टेबल हुन्छ कि भन्ने प्रसंगमा उनले भने, ‘इन्डिया , चाइनालाई कम्फर्टेवल भन्दा पनि नेपाललाई कम्फर्टेवल हुनु परयो । अहिलेसम्म नेपाल प्रयोगको थलो मात्र भएको छ । मेरो भूमिका व्यवस्थालाई बचाउन बढी जोड हुनेछ ।’