“२ वर्षदेखि रंगशाला बारे प्रधानमन्त्रीलाई जानकारी गराउन खोज्दा भेट्न पाइएन”

एटुजेड समाचार

चितवन – चितवनको रामपुरमा देशकै पहिलो अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माण हुँदैछ । धुर्मुस सुन्तली फाउण्डेशनको अगुवाइमा गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको काम धमाधम भइरहेको छ ।

तर पछिल्लो समय रंगशाला निर्माणका लागि आर्थिक संकट उत्पन्न भएको छ । घोषणा गरेकाहरुले समयमै रकम नदिदा रंगशाला अहिले उधारोमा बनिरहेको छ । निर्माण सामाग्री र कामदारको पारिश्रमिक गरी ११ करोड १७ लाख रुपैयाँ ॠण लागिसकेको छ ।

आर्थिक संकट परेसँगै सामाजिक सन्जालमा आइपिओ खोल्नदेखि सरकारलाई दबाब दिनसम्मका प्रतिकृया आइरहेका छन् । धेरैले आइपिओ खोलेर जनतालाई लगानीकर्ता बनाउन सुझाव दिइरहेका छन् । यस्तै सरकारलाई दबाब दिन भन्दै धेरैले सुझाव पनि दिइरहेका छन् ।

यस्तोमा यो अभियानमा जोडिएका कलाकार कुमार कट्टेल (जिग्री) ले २ वर्षदेखि रंगशाला बारे प्रधानमन्त्रीलाई जानकारी गराउन खोज्दा भेट्नै नपाएको भन्दै गुनासो पोखेका छन् । सामाजिक सन्जाल फेसबुकमा एउटा पोस्ट राख्दै उनले लेखेका छन् – “रातदिन नभनि यो देशको लागी आँफै फिल्डमा खटिने एउटा युवा यो देशको प्रधानमन्त्रीसँग रङगशालाको बारेमा जानकारी गराउन, कुरा गर्न २ वर्ष देखी लागी पर्छ तर भेट्न पाउदैन अनि तपाईहरु भन्नु हुन्छ आइपिओ जारी गर , सरकारलाई दबाव दे ।”

यस्तै उनले मागेर, इमोस्नल ब्याकमेल गरेर समाज सेवा गरेको भन्दै टिकाटिप्पणी गर्नेहरुलाई पनि जवाफ दिएका छन् । उनले मागेर वा इमोस्नल ब्याकमेल गरेर जे भने पनि इमान्दारिता अनी पारदर्शिताका साथ देश कै पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला ठडिरहेको भन्दै जवाफ दिएका छन् । यस्तै उनले जनतालाई इमोस्नल ब्याकमेल गरेर भोट मागेर जितेकाहरु चाँही देशका लागि के गरे भन्दै प्रश्न पनि गरेका छन् ।

यस्तो छ जिग्रीको स्टाटस :

रातदिन नभनि यो देशको लागी आँफै फिल्डमा खटिने एउटा युवा यो देशको प्रधानमन्त्रीसँग रंगशालाको बारेमा जानकारी गराउन, कुरा गर्न २ वर्ष देखी लागी पर्छ तर भेट्न पाउदैन अनि तपाई हरु भन्नु हुन्छ आइपिओ जारी गर , सरकार लाई दबाव दे ।
देश बनाऔं, जुटौ भन्ने युवा गाली खाएको खाई छ
देश लुट्ने, नबनाउनेहरुको र्‍याली जुलुस सभामा तालीको अभाव नै छैन ।
कृपया र्‍याली जुलुस सभामा जाँदा तपाईका प्रिय नेता, शिर्ष नेता, मन्त्री, प्रधानमन्त्रीलाई सोधिदिनुस् रङगशालामा किन नजानु भएको ? अनि लगानी किन नगर्नु भएको भनेर ।

मागेर समाजसेवा भन्नुस या इमोस्नल ब्ल्याकमेल गरेर भन्नुस्
देशकै पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला ठडिरहेको छ
त्यो पनि ईमान्दारिता अनि पारदर्शिताको जगमा
देश विकाश गर्छु ,देशलाई विश्वमा चिन्ने बनाउछु भनेर जनतालाई पटक पटक इमोस्नल ब्ल्याकमेल गरेर जनतासँग भोट मागेर, विदेशी सँग पैसा मागेर

अरबौ खर्बौको भ्रष्टचार गर्ने अनि देशको यो हालत बनाउने नेताले देश बनाए त ? ?
अब सरकारले बनाउने हो, खत्रा बोल्छ बोल्छे भन्ने नेताले बनाउने हो, टन्न पैसा भएकाले बनाउने हो भनेर कमेन्ट गरेर बसेको भए तल दृश्यमा देखेएका तस्विरहरु देख्न पाईने थियो होला त ? ?
देश नबनाउनेहरुको र्‍याली सभामा गएर अझै ताली बजाईरहने हो कि
देश बनाउ जुटौं भन्ने युवाहरुलाई साथ दिने हो ? ?
देशको ईमान्दार नागरिक बनौं त्यसमै भलाई छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु