काठमाडौं – प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रस्ताव पारित गरेको छ।
बुधबार बसेको स्थायी कमिटी बैठकले ओलीसँगै संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाउने प्रस्ताव पनि पारित भएको छ।
यसअघि बसको स्थायी कमिटि बैठकले संसदीय दलको नेता, उपनेता, सचेतक हटाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो।
आजकै बैठकले पार्टी गतिविधिविपरीत काम गरेको भन्दै सुवास नेम्वाङ, विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रभु साह र कर्ण थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।