काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् ।
“तत्काल कसैले हटाउन सक्छ भने हटाएर देखाओस्, डेढ–दुई वर्षपछि चुनाव आउँछ, जनताले दुई तिहाइ बहुमत दिएर सिंहदरबार पठाउँछन् ।” उनले भने । उनले यही फागुन २३ गते प्रतिनिधिसभा अधिवेशन बोलाइएको हुँदा सर्वोच्च अदालतको फैसलाको समेत परीक्षण हुने बताए ।


