कांँग्रेस नेता डा शेखर कोइराला भन्छन: हामी सरकारमा जान मिल्दैन कांँग्रेस महाधिवशनमा केन्द्रीत छ

एटुजेड समाचार

चितवन । नेपाली कांँग्रेसका नेता डा शेखर कोइरालालले कम्युनिष्ट सरकारको हालसम्म एउटै दलको सरकार रहेको भन्दै अहिले कांँग्रेस सरकारमा जान नमिल्ने बताएका छन । आज भरतपुर विमानस्थलमा पत्रकारसंँग कुरा गर्दै उनले प्रचण्ड –माधब र ओली समुह अलग्गिएको भनिएपनि आधिकारिक रुपमा नछुटिएकोले अहिले कांँग्रेस जाने नजाने बिषयको अर्थ नभएको बताए । ‘अहिलेसम्म कम्युनष्टि एउटै छ । उनीहरुकै बहुमत छ , । उनले भने, एउटै नेकपा छ , कुन नेकपासंँग मिलेर जाने ? ।’ निर्वाचन आयोगले टुंगो नलाइकन सरकारमा जाने प्रक्रिया अघि नबढेको उनले बताए कांँग्रेस महाधिवेशन ढिला भएको भन्दै कांँग्रेस महाधिवेशनमा केन्द्रीत रहेको उनको भनाई थियो ।

महाधिवेशनमा आफु कुन पदमा लड्ने बिषयमा छलफल भएको भन्दै उनले सबैसंँग छलफल गरेर उम्मेदवारी घोषणा गर्ने बताए । ‘राजनीतिमा सबैलाई माथिनै जाने चाहना हुन्छ , उनले डा शशांक कोइराला प्रति लक्षित गर्दै भने, एउटै परिवारमा एउटै पदमा नलड्ने भन्ने हुन्छ र । लड्न पाईन्छ । चिन्ता गर्न पाईदैन ।’ अविश्वास प्रस्ताव पेश गर्ने बिषयमा कांँग्रेसको भुमिका के हुन्छ भन्ने बिषयमा उनले भने, ‘उहांहरुले फिर्ता गर्ने भन्या होइन । हिजो फिर्ता गर्ने भन्या होइन । उहाँहरुले त्यही भन्दै हुनुहुन्छ । ’कांँग्रेस हाल सरकारमा जान मनसाय नरहेको संकेत गर्दै उनले कांँग्रेस अहिले महाधिवेशनमा केन्द्रीत रहेको जिकीर गरे ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू