काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु, १३ हजार कुखुरा नष्ट
काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको छ । तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकाेटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताए ।
बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए ।संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको भनाइ छ । प्रवक्ता ढकालका अनुसार पाँच वटा व्यवसायीक फर्मका १३ हजार भन्दा बढी कुखुरा नष्ट गरिएको छ ।
तपाइँको प्रतिक्रिया