उवासंघ चितवन र प्यूठानका व्यवसायी वीच छलफल तथा अन्तरक्रिया कार्यक्रम
चितवन – उद्योग वाणिज्य संघ–चितवन र प्यूठानका उद्योगी व्यवसायी वीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघ अध्ययन अवलोकन भ्रमणको क्रममा चितवन आएका प्युठानका उद्यमी व्यवसायी संग उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
प्युठानका उद्योगी व्यवसायीलाई संघमा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजु श्रेष्ठले यस किसिमको अध्ययन अवलोकन भ्रमणले आन्तरिक पर्यटन प्रबद्र्धन हुनुका साथसाथै संघ वीच ज्ञान,सीप र अनुभवनको आदान प्रदानमा महत्वपूर्ण भूमिना निर्वाह गर्ने बताउनु भयो।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले स्थानिय स्तरमा उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरि उत्पादनमूलक उद्योगहरु सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो। सोही कार्यक्रममा बोल्दै प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले उद्योग वाणिज्य संघ–चितवन देशकै नमूना र अग्रणी उद्योग वाणिज्य संघ भएकोले यसले गरेका क्रियाकलाप तथा सचिवालय व्यवस्थापन का साथसाथै औद्योगिक एवम् कृषि क्षेत्रको ज्ञान लिने उद्देश्यले उद्योग वाणिज्य संघ –चितवनलाई प्राथमिकताका साथ अवलोकनको क्रममा छनौट गरिएको बताउनु भयो।
कार्यक्रममा उहांले उद्योग वाणिज्य संघ–चितवनबाट आफुले धेरै कुरा सिक्ने अवसर पाएको बताउनु भयो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, दित्तिय उपाध्यक्ष चिरञ्जििवि सुवेदी लगायतले बोल्नु भएको थियो।
स संघमा भएको छलफल तथा अन्तरक्रिया पश्चात उद्योग वाणिज्य संघ–चितवनले चितवनका केरा, पोल्ट्री तथा माछापालन व्यवसाय संग सम्बन्धि फर्महरुको अध्ययन अवलोकन गराएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो। प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिको नेतृत्तवमा आएकोले टोलीमा प्यूठानका १९ जना व्यवसायीहरुको सहभागिता रहेको छ।
तपाइँको प्रतिक्रिया