चितवनमा ओली समूहको ५९९ सदस्सीय जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले चुनावको तयारीमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्ह । आज (सोमबार) चितवनमा आयोजित नेकपा जिल्ला अधिवेशन आयोजक कमिटीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो आग्रह गरेका हुन् ।
उनले अन्तरविरोधलाई बिर्सिएर चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन् । उनले बाहिर जस्तो हल्ला चलेपनी निर्धारित समयमै चुनाव हुनेमा ढुक्क हुन समेत कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले निर्वाचन आयोग चुनावको तयारीमा लागेको र अर्थ मन्त्रालयले समेत तयारीका आवश्यक खर्च निकाशा गरिसकेको समेत बताए ।
यस्तै उनले सबै पार्टीहरु चुनावमा जानका लागि तत्पर रहेको समेत बताए । “पार्टीहरु चुनावमा जान तत्पर छन्, अहिले जती सुकै ठ्याई ठ्याई गरेपनी तत्पर छन्, उनले भने, कसले के भन्छन् छोड्दिनुस्, आयोग चुनावको तयारीमा लागेको छ , जहाँसम्म निर्वाचनको तयारीका लागि चाहिने खर्चको कुरा छ अर्थ मन्त्रालयले सम्पूर्ण खर्च निकासा गरिदिएको छ, अनी के ले रोक्छ ?”
नेकपा जिल्ला अधिवेशन आयोजक कमिटी चितवनले आजै ५९९ सदस्यीय कमिटी घोषणा गरेको छ । कमिटीको अध्यक्षमा दिलकुमारी रावल ‘पार्वती’ र सचिवमा प्रकाश खनाल रहेका छन् । उनीहरुलाई सचिवालय सदस्य पोखरेलले सपथ खुवाएका थिए । उनिहरुलाई सपथ खुवाउदै पोख्रेलले अहिले छुटेकाहरुलाई पनि समेट्दै अघि बढ्न कमिटीलाई निर्देशन दिएका छन् । जिल्लामा धेरै योग्य व्यक्तीहरु रहेको भन्दै उनले छुटेकाहरुलाई यसलाई जित हारको रुपमा नलिन पनि आग्रह गरे ।
तपाइँको प्रतिक्रिया