आइपिएल अक्सन : सन्दीपलाई कुनै पनि टिमले किनेन

चितवन – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछाने अनसोल्ड भएका छन् । तीन सिजन दिल्लीबाट खेलेका सन्दीप दिल्लीले फुकुवा गरेपछि अक्सनमा सहभागी भएका थिए ।
चेन्नईमा जारी अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख थियो । तर उनलाई खरिद गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा उनी अक्सनमा पुन: आउन सक्छन् । अनसोल्ड भएका खेलाडी अन्तिम समयमा विक्री भएमा न्यूनतम मूल्यमा खेल्ने सम्भावना बढी हुन्छ ।
सन्दीप आइपिएलको अक्सनमा परेका एक मात्र नेपाली खेलाडी हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपसहित ७ खेलाडीको नाम दर्ता गराएको थियो । तर उनिहरु मध्ये सन्दीप मात्र अक्सनमा परेका थिए । दिल्लीमा ३ सिजन बिताएका सन्दीपले ९ खेलमा १३ विकेट लिएका थिए ।
तपाइँको प्रतिक्रिया