खुमन र रमिलाको ‘वनको कोकले’ (भिडियोसहित)

चितवन – चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारी र गायिका रमिला न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । खुमन र रमिलाको स्वरमा सजिएको ‘वनको कोकले’ बोलको गीत आज (बिहीबार) सार्वजनिक भएको हो ।
स्वरमा खुमन र रमिलालाईन प्रकाश पराजुली, सविना आचार्य, प्रेमा राना र रुपी सिंजालीले साथ दिएका छन् । सार्वजनिक गीतको शब्द बाबुराम बोहराले लेखेका हुन् । गीतमा बोहराकै संगीत छ भने कमल सौरागको संगीत संयोजन छ ।
गीतको भिडियोमा चर्चित अभिनेत्री रन्जिता गुरुङ र टिकटकबाट आएका डिमोन क्षेत्रीको अभिनय देख्न सकिन्छ । सुनिल क्षेत्री निर्देशित भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन् । नविन घर्ती मगरले भिडियोलाई सम्पादन गरेका हुन् ।
तपाइँको प्रतिक्रिया