रूबी भन्छिन् : मेरो परिवार नै संगीतको घर हो

एटुजेड समाचार

काठमाडौ – रूबी थपलिया नेपाली कलाकारिता क्षेत्रमा सक्रिय छिन् । सानै बाट कलाकारीतामा प्रबेश गरेकि उनी अहिले यहि कर्ममा ब्यस्त छिन् । हरेक जस्तो भैरहने मेला महोत्सवले अहिले उनको दिनचर्या बितिरहेको छ ।

रूबी आफ्नो संगीतको घर परिवार भएको बताउँछिन् । उनी आफ्नो पहिलो संगीत पाठशालाको रुपमा आफ्नो परिपवार र घरलाई लिन्छिन् । कार्यक्रमकै दौडानमा उनले नेपालका धेरै ठाउँ हरूको भ्रमण समेत गरिसकेकी छन् । उनी गीत संगीतलाई नसा मान्छिन् र नसाकै कारण आफू यो स्थानमा आएको दाबी गर्छिन् ।

नेपालमा कला संस्कृतिको संरक्षणमा ध्यान भए पनि कला बचाउने पेसा कलाकारीता प्रति समुदाय, केही व्यक्तिका कारण अप्ठ्यारो पर्ने गरेको भने उनको गुनासो छ ।

चितवनमा जन्मिएर काठमाडौमा बस्दै कलाकारितामा रमाइरहेकि उनी अहिले ब्यस्त छिन भन्दा फरक पर्दैन । उनलाई अहिले दर्शक श्रोताले बाटोमा एक्लै हिड्दा सेल्फि लिन दौडिने गरेको छन् भने युवाहरू त उनको रूप र जादुमय स्वरका कारण मोहित हुने गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू