फागुन ७ बाट नयाँ जनआन्दोलनको लहर सुरु हुन्छ: नारायण वाग्ले

एटुजेड समाचार

काठमाडौं – बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने बताएका छन् ।

आज (मंगलबार) दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष गरे ।

‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ उनले भने, उक्त सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गरी नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं ।’

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु