२० औं पटक अनसन बस्दै डा. केसी, संविधानको रक्षा गरिनुपर्ने माग

एटुजेड समाचार

काठमाडौं – चिकित्सा क्षेत्र सुधारको माग गर्दै पटक पटक आमरण अनसन बसेका डा. गोबिन्द केसीले फेरी आमरण अनसनको घोषणा गरेका छन् । आज (मंगलबार) डा. केसीले २० औं पटक आमरण अनसन बस्ने घोषणा गरेका हुन् ।

आज एक विज्ञप्ती जारी गर्दै उनले फाल्गुन १२ गतेदेखि २ बुँदे मागसहित अनसन बस्ने घोषणा गरेका हुन् । २० औं पटकको अनसनमा उन्ले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गर्नुपर्ने माग अघि सारेका छन्।

‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं,यो अवस्थामा आगामी कैयौं पुस्ताका नेपालीहरूको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह सुरू गर्ने निर्णय गरेका छौं। आगामी तीन सातामा हाम्रा मागहरू पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह सुरू गर्ने घोषणा गर्दर्छौं’, विज्ञप्तिमा भनिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू