चितवनमा काँग्रेसका शुभेच्छुकहरुले माघ २४ गते प्रदर्शन गर्ने

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेसका शुभेच्छुक संघ संस्थाहरुले चितवनमा माघ २४ गते प्रदर्शन गर्ने भएका छन्। आज काँग्रेस पार्टीकार्यलय कमलनगरमा वसेको शुभेच्छुक संघ संस्थाहरुको बैठकले २४ गते शनिवार दिनको १ वजे बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो।

काँग्रेसको केन्द्रिय कार्यक्रम अन्तर्गत रही माघ २४ गते भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन गर्ने निर्णय भएको हो ।शुभेच्छुक संस्थाका संयोजक शालिग्राम शर्मा पौडेलका अनुसार बिरोध प्रदर्शन अघि भरतपुरको मालपोतचोक, हाकीमचोक र बिरेन्द्र क्याम्पस अगाडीबाट प्लेकाड सहितको प्रदर्शनका लागि ¥यालि निकालीने छ।

सरकारले गरेको संसद बिघठन असंबैधानिक रहेको भन्दै काँग्रेसले आफ्ना भातृ संस्था, शुभेच्छुक संस्था र बिभिन्न तहमा आन्दोलन गर्दै आएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु