चितवन । लायन्स क्लव अफ चितवन सेन्ट्रलले भरतपूर महानगरपालिका वडा नं १२ मा रहेको आमाको माया छात्रावासमा आश्रित बालिकाहरुलाई तथा खाद्य सामाग्री तथा नगद सहयोग गरेको छ ।
सोमबार छात्रावासमा आयोजित एक कार्यक्रमका बीच क्लबले छात्रावासमा आश्रित १७ जना बालिकाको लागि उक्त सहयोग गरेको हो ।
वितरण कार्यक्रममा क्बका पूर्व अध्यक्ष लायन सन्तोषजनक भूषालको जन्मदिनको अबसरमा उक्त कार्यक्रम गरिएको क्लबका पूर्व अध्यक्ष लायन सन्दीप कुमार श्रेष्ठले बताए । सो कार्यक्रमको संयोजक समेत रहेका लायन सन्तोषजनक भूषालले आफ्नो जन्मदिनमा लायन्स क्लब मार्फत आर्थिक सहयोग गर्ने अवसर पाएकोमा संस्था प्रति खुसी व्यक्त गरे । उनले आगामी दिनमा समेत यस संस्थालाई सहयोग गर्दै जाने प्रदिबद्धता व्यक्त गरे ।
सो अवसरमा बोल्दै छात्रावासकी अध्यक्ष कृष्ण कुमारी महर्जनले क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गरिन । सामाजिक संस्था तथा मनकारी व्यक्तिको सहयोगबाट छात्रावास सञ्चालन गर्न सहज हुने बताउंँदै उनले यस्ता प्रकारको सहयोगबाट आफूलाई थप उर्जा मिलेको बताईन ।



क्लबका प्रथम उपाध्यक्ष लायन अजामिन ढकालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा क्लबका अध्यक्ष लायन दिपक बहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । यो छात्रावास वि.स.२०७२ साल देखि एकजना आश्रित बालिकाको उद्धार गरी शुरु भएको थियो । हाल आठ जिल्लाका करिब १७ जना बालिकाहरु यो संस्थामा आश्रित छन् ।