प्रतिनिधिसभा पुनःस्थापना आवश्यक छ : शेखर कोइराला

एटुजेड समाचार

इटहरी – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतिनिधिसभा पुनःस्थापना गर्नुको विकल्प नरहेको बताएका छन् । सुनसरीको इटहरीमा आज प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका विभिन्न भ्रातृ सङ्गठनले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले काँग्रेस एक ढिक्का भएर अगाडि बढे वडादेखि केन्द्रसम्म विजय निश्चित भएको जिकिर गरे ।

काँग्रेस चुनावमा जान तयार रहे पनि अहिलेको अवस्थामा पुनःस्थापना नै अन्तिम विकल्प भएको जिकिर गरे । सो अवसरमा प्रदेश नं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले कांग्रेस अहिले संसद् पुनःस्थापनाकै माग गरेर अगाडि बढ्नाको विकल्प नरहेको बताए ।

रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू