चितवन – नेपाली काँग्रेस चितवनका सभापती जीतनारायण श्रेष्ठले काँग्रेस निर्वाचन संग नडराएको बताएका छन् । नेपाली काँग्रेसका भातृ संस्थाहरुले आज यहाँ आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले काँग्रेस निर्वाचन संग नडराई संबिधानको रक्षाका लागि सडकमा आएको बताएका हुन् ।
अहिले संसद पुर्नस्थापनाको बिकल्प नरहेको भन्दै उनले अब संसद पुनस्थापना पछि काँग्रेसको नेतृत्वमा वनेको सरकारले मात्र निर्वाचन गराउने बताए ।
अहिले सरकारले अधिनायकबाद लाद्न खोजेको भन्दै उनले सरकारले संसद भंग गरेर आफ्नो अधिनायकबाद लाद्न खोजेको र यो कहिले सच्चिने हो ? भनेर अदालतलाई प्रश्न गरे ।
काँग्रेस संसद पुर्नस्थापना नभए सम्म सडकमा रहने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्न संसद भंग नगरेको आरोप लगाए । उनले भने “ओली सरकारले आफ्नो अधिनायकबाद लाद्नका लागि संसद भंग गरेका हुन । यसलाई जनताले सच्याउने छन् ।”उनले प्रधानमन्त्री ओलीललाई कमेडी च्याम्पीयनको संज्ञा समेत दिए । सभापती श्रेष्ठले थपे “प्रधानमन्त्री ओली जी अव प्रधानमन्त्री होइन कमेडी च्याम्यिन हो ।” ओली ललाई अहिले जनतामा माझ जान समेत डर हुन थालेको उनको भनाई थियो ।
बिरोध सभामा नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरी, नेपाल बिद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल, नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार , आदिवासी जनजाती संघ चितवनका कार्यवहाक अध्यक्ष राजकुमार श्रेष्ठ लगाएतले बोलेका थिय । नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न सभा सुरु हुनु अघि सदरमुकामका बिभिन्न स्थानबाट बिरोध जुलुश निस्किएको थियो ।