काँग्रेस चितवनका भातृ संगठनले भोलि प्रदर्शन गर्ने, कहाँ कहाँबाट निकालिदैछ र्‍याली ?

एटुजेड समाचार

चितवन – नेपाली काँग्रेसको भातृ संगठनहरुले भोलि (सोमबार) चितवनमा प्रदर्शन गर्ने भएको छ । केन्द्रीय कार्यक्रम अनुसार भोलि संसद विघटनको विरोधमा चितवनमा पनि काँग्रेसका भातृ संगठनहरुले प्रदर्शन गर्न लागेका हुन् ।

नेपाली काँग्रेस चितवनको संयोजनमा काँग्रेसका ११ वटा भातृ संगठनहरुले संयुक्त रुपमा प्रदर्शन गर्न लागेका हुन् । काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार दिउँसो १ बजे भरतपुरको चौबिसकोठीमा सरकारविरुद्ध प्रदर्शन हुनेछ ।

प्रदर्शन अघी बिभिन्न स्थानबाट र्‍याली निकाल्ने कार्यक्रम तय भएको छ । नेपाल महिला संघ चितवनले भरतपुरको गेस्टहाउस चौरबाट र्‍याली निकाल्ने जोशीले जानकारी दिए । यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनले विरेन्द्र बहुमुखी क्याम्पस तथा तरुण दल चितवनले हाकिमचोकबाट र्याली निकाल्ने कार्यक्रम छ ।

तिनै ठाउँबाट निस्केको र्‍याली चौबिसकोठी पुगेर कोणसभामा परिणत हुनेछ । सभालाई जिल्लाका नेता, भातृ संगठनहरुका केन्द्रीय प्रतिनिधिहरुले सम्बोधन गर्ने बताईएको छ । काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक तथा अलोकतान्त्रीक भएको भन्दै चरणवद्ध आन्दोलन गरिरहेको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू