चितवन – भरतपुर महानगरपालिका १० स्थित नारायणी माध्यमिक विद्यालयमा निशुल्क दन्त शिविर सम्पन्न भएको छ । नारायणगढ लेडी जेसिजको आयोजनामा सम्पन भएको दन्त शिविरमा ४० जना दृष्टिविहिन विद्यार्थीको परीक्षण गरिएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथी एवम् विद्यालयमा व्यबस्थापन समितिका अध्यक्ष टेकबहादुर थापाले सामाजिक संस्थाहरुले स्वास्थ्य शिविर सन्चालन गरी आफ्नो विद्यार्थीको हेरचाह गरिदिएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै विशिष्ट अतिथी एवम् विद्यालयका प्रधानध्यापक पूर्ण प्रसाद दवाडीले स्वास्थ्य नै सबै भन्दा ठुलो धन भएको कारण यस्ता शिविरहरु सन्चालन गरी स्वास्थ्यमा थप सहयोग गरेकोमा आयोजकलाई धन्यबाद ज्ञापन गरे ।
युनाइटेड डक्टर्स डेण्टल क्लिनिक प्रालिका डाक्टर सिर्जना दुवाले उक्त विद्यालयमा अघिल्ला बर्षहरुमा पनि निशुल्क दन्त शिविर सन्चालन गर्दै आईरहेको बताउदै शिविर सन्चालनमा विद्यार्थीहरुको सेवा गर्न पाउदा खुशी लागेको बताइन् ।
कार्यक्रमा नारायणगढ लेडी जेसिजका पुर्व अध्यक्ष पुर्णिमा क्षेष्ठ, जेसि बर्ष २०२१ की महासचिव लक्ष्मी केसी, जेसिज बर्ष २०२१ की थिम डाइरेक्टर पारुल अग्रवाल, समाजसेवी छाया क्षेष्ठ, जेसिज बर्ष २०२१ की कोषाध्यक्ष गोमा लुइटेल लगाएत ८० जनाको सहभागीता रहेको थियो ।


उक्त लेडी जेसिजले आज सडक पेटिमा रहेका ५० जना बेवारिसेहरुलाई खाद्यान्न वितरण पनि गरेको छ ।